प्रधानमन्त्री पुुष्पकमल दाहालले संविधान कार्यान्वयन गर्न सबै दलहरू मिलेर जानुको विकल्प नभएको बताएका छन्।
मंगलबार कञ्चनजंघा हिरक महोत्सवको उद्घाटन गर्न ताप्लेजुङ आएका प्रधानमन्त्री दाहालले जनताका आधारभूत आवश्यकता पूरा गर्न पनि दलहरूबीच एकता आवश्यक रहेको बताएका हुन्।
भूकम्पले सबै पार्टीलाई एकताबद्ध बनाएर संविधन निर्माण गरेको प्रसङ्ग कोट्याउँदै प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयन गर्न पनि सबै एक ठाउँमा हुनुपर्ने बताए।
प्रधानमन्त्री दाहालले संविधानप्रति असन्तुुष्टि जनाउने शक्तिका मागलाई औचित्यताका आधारमा संविधान संशोधनमार्फत हल गर्ने सरकारको तयारी रहेको समेत जानकारी गराए। प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयनमा चुनौती रहेकाले तीनै तहको निर्वाचन गराउन सबै दलको एकता अपरिहार्य रहेको धारणा राखे।
संविधानको कार्यन्वयका लागि हिमाल, पहाड र तराईमा देखिएको असन्तुष्टि संविधान संसोधनमार्फत अन्त्य गर्न सरकारले प्रयास गरिरहेको प्रधानमन्त्री दाहालको भनाइ थियो। कञ्चनजंघा आरोहणको ६० वर्ष पुगेको अवसरमा भएको महोत्सव आगामी बिहीबारसम्म चल्ने छ।