स्वीडेनको उत्कृष्ट खेलाडीमा दसौं वर्ष आधिपत्य जमाएका म्यानचेस्टर युनाइटेडका व्यावसायिक फुटबलर जाल्टन इब्राहिमोभिकको सम्मानमा उनको मूर्ति प्रतिस्थापन गरिने भएको छ।
३६ वर्षीय स्ट्राइकर इब्राहिमोभिकलाई सोमबार स्टकहोममा एक समारोहबीच ‘गुल्डबोलेन’ (स्वर्ण बल)बाट सम्मानित गरिएको थियो। इब्राहिमोभिकको मुर्ती स्टकहोमको फ्रेन्ड्स एरिना, जहाँ उनले २०१२ मा इङ्ल्यान्डविरूद्ध ४ गोल गरेका थिए, त्यही रंगशालाको बाहिर मूलढोका अगाडि स्थापना गरिने जनाइएको छ।
इब्राहिमोभिकले भने, ‘यो मेरो लागि ठूलो सम्मान हो, जबकी केही व्यक्ति बितिसक्दा पनि उनीहरूको मूर्ति स्थापना भएको छैन।’
स्वीडेनका पूर्व अन्तर्राष्ट्रिय स्ट्राइकर इब्राहिमोभिकले सन् २००७ देखि अवार्ड जित्दै आइरहेका छन्। उनी २००५ मा आर्सनलका पूर्व मिडफिल्डर फ्रेडी लुम्बर्गसँग हारेका थिए।
इब्राहिमोभिकले २०१६ को युरो कपपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिइसकेका छन्। उनले १ सय १६ खेलमा ६२ गोल गरेका छन्। व्यवसायिक फुटबल खेल्ने क्रममा चार भिन्न देशका क्लबबाट घरेलु लिग जित्ने इतिहास पनि उनले बनाएका छन्।
‘१५ वर्ष राष्ट्रिय टोलीबाट कडा मेहनत र २० वर्ष क्लब फुटबलमा बिताएपछि मेरो कामको मूल्याङ्कन भएको छ,’ यसै सिजन फ्रेन्च च्याम्पियन क्लब पेरिस सेन्ट जर्मनीबाट म्यानचेस्टर युनाइटेड पुगेका इब्राहिमोभिकले भने।