शान्ति तथा पुनर्निर्माण मन्त्री सीतादेवी यादवले संविधान संशोधनको एकमात्र एजेण्डासहित वर्तमान सरकारको गठन भएको बताएकी छन्।
जलेश्वरमा मंगलबार स्थानीय शान्ति समिति महोत्तरीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री यादवले असन्तुष्ट रहेका आधा जनसंख्याको ईच्छा र चाहना बमोजिम नै संविधान संशोधन हुने विश्वास व्यक्त गरिन्।
उनले भनिन्, ‘संविधानमा असन्तुष्ट रहँदै आएका आधा जनसंख्याको चाहना बमोजिम नै संविधान संशोधनको प्रक्रिया अगाडि बढिसकेको छ। चाँडै नै संविधान संशोधन हुनेमा म विश्वस्त छु।’ उनले समस्याको समाधान राता रात नहुने तर प्रक्रिया अगाडि बढिसकेको बताईन्।
स्थानीय निकायको पुनर्संरचनामा धेरैको असहमति देखिएकोले पुरानै संरचना अनुसार निर्वाचन गरिनुपर्ने भन्दै उनले अहिले पनि शान्ति स्थापनाको आवश्यकता देखिएकाले सत्य निरुपण तथा वेपत्ता छानविन आयोगको केही मागहरु पुरा भइसकेकोले आयोगको काम अब दु्रतगतिमा अगाडि बढ्ने बताईन्।