राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिले पुनर्निर्माणको समय तालिका सार्वजनिक गरेको छ। आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले आउँदो मंसिर १५ सम्म काठमाडौं उपत्यकामा अनुदान सम्झौता गरिसक्ने, माघ १५ सम्म कम प्रभावित १७ जिल्लामा पनि अनुदान सम्झौता सक्ने गरी तालिका बनाएको हो।
यस्तो छ प्राधिकरणको पुनर्निर्माण समय तालिका
२०७३ मंसिर १५ गतेसम्मः काठमाडौं उपत्यकाभित्र अनुदान सम्झौता कार्य सम्पन्न गर्ने।
पौष मसान्तसम्मः भूकम्प प्रभावित एवं कम प्रभावित सर्भेक्षण गर्न बाँकी रहेका सत्र (१७) जिल्लामा सर्भेक्षण कार्य सम्पन्न गर्ने।
माघ १५ सम्म ः भूकम्प प्रभावित बाँकी सत्र जिल्लामा अनुदान सम्झौता सम्पन्न गर्ने
माघ मसान्तसम्मः जोखिमयूक्त ३५८ वटा बस्तीहरुको विस्तृत अध्ययन सहित सुरक्षित स्थानमा सार्नुपर्ने बस्तीहरुको निक्र्यौल गर्ने र वैकल्पिक स्थानहरुको पहिचान गर्ने
गुनासो फर्स्यौट
मंसिर १५ सम्म – २० हजार वटा गुनासोहरु।
मंसिर मसान्तसम्म – थप ३० हजार वटा गुनासाहरु । पौष १५ सम्म – थप ५० हजार वटा गुनासोहरु पौष मसान्तसम्म सम्पूर्ण गुनासोहरु।
माघ १५ सम्म पुनः सर्भेक्षण सम्पन्न गर्ने ।
साठी हजार निर्माणकर्मी उत्पादन गर्ने
मंसिर महिना भित्र पहिलो चरण ः बीस (२०) हजार जना।
माघ महिना भित्र दोश्रो चरण ः थप दश (१०) हजार जना।
फागुन मसान्तसम्म तेश्रो चरण ः थप तीस (३०) हजार जना।
निर्माण सामग्री आपूर्तिका निम्ति निर्माण सामग्री बैंकको स्थापना गर्ने
पुसभित्र ः तीन जिल्ला ।
माघ भित्र ः थप तीन जिल्ला।
फागुन भित्र ः थप पाँच (५) जिल्ला।
जग्गा दर्ता सम्बन्धी कार्य मिति २०७३ मंसिर महिनाभित्र सुरु गरी २०७३ फागुन महिनाभित्र सम्पन्न गर्ने।
भूकम्पपीडित सुकुम्बासी एवं भूमिहित घर परिवारलाई जग्गा व्यवस्था तथा आवास पुनर्निर्माणमा सहयोग उपलब्ध गराउने सम्बन्धमा २०७३ मंसिर मसान्तसम्ममा कार्यविधि तयार पारी कार्यान्वयनमा ल्याउने ।
विभिन्न वैकल्पिक निर्माण सामग्रीहरुको प्रयोगद्वारा निर्माण गरिने घरहरुको नमूना डिजाइन सहितको दोस्रो भाग मंसिरभित्र प्रकाशनमा ल्याउने।
परम्परागत बस्तीहरुको पुनर्निर्माण सम्बन्धी मापदण्ड स्वीकृत गरी मिति २०७३ मंसिर १५ गतेभित्र कार्यान्वयनमा ल्याउने।