नेपालको सबैभन्दा पुरानो वीर अस्पताल र कान्तिबाल अस्पतालमा जँचाउनका लागि लामो लाइन बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ।
कान्ति अस्पतालले एक साताअघि र वीर अस्पतालले बुधबारदेखि ‘क्यु सिस्टम’ अर्थात् कुपन प्रणाली लागू गरेपछि लामो समय लाइनमा बस्नुपर्ने बाध्यता हटेको छ।
नयाँ प्रणालीअनुसार अस्पताल पुग्नेबित्तिकै डिजिटल कुपन लिएर टिकट काउन्टरमा आएको डिस्प्ले अनुसार आफ्नो पालामा गएर टिकट लिन सकिन्छ। सोही टिकटमा बहिरङ्ग विभागको पालो नं पनि उल्लेख गरिने अस्पतालले जनाएको छ। रासस