मकाउविरुद्धको यो खेलमा नेपालले निकै राम्रो खेलिरहेको छ। मध्यान्तरअघि हामीले अपेक्षा गरेजस्तै गेम पोसेसन ६०-४० को अनुपातमा छ। नेपालले दबावमा नै राख्न सकेको छ। सेतोपाटी कार्यालयमा उपस्थित पूर्वराष्ट्रिय टोलीका सदस्य निराजन रायामाझीले भने।
आज नेपालको गेम निकै राम्रो देखिएको छ र मकाउले दबाव महसुश गरिरहेको छ। सबैभन्दा राम्रो कुराचाहिँ नेपालले टीम गेम खेलको छ, कसैले ‘इन्डिभिज्युल गेम’ खेलेको छैन।
भरतको राम्रो क्रसिङ महत्वपूर्ण छ। उनले निकै राम्रो क्रसिङ गरे।
सुजलले पछाडिबाट आएर त्यो बललाई पोष्टमा जसरी प्रहार गरे त्यो पनि महत्वपूर्ण कुरा छ। उनलाई मकाउका डिफेन्सले मार्क गरेका थिएनन्, त्यसको उचित फाइदा उठाए।
पहिलो हाफमा नेपाली खेलाडीहरूको आत्मविश्वास निकै उच्च छ।
हाम्रो फर्वार्डमा खासै कमजोरी देखिएको छैन। नेपालले फास्ट र पावर गेम खेलिरहेको छ। उनीहरूको डिबक्समा अलि धेरै लामो समय खेल्ने प्रयास गर्नुपर्छ। फर्वार्ड र मिडफिल्डको समन्वय अझै बढाउन सकिन्छ। यसले गोलको सम्भावना बढ्छ।