तस्बिरः एएफसी
एएफसी सोलिडारिटी कपको तेस्रो स्थानका लागि भएको खेलमा लाओसले ३–२ गोलले ब्रुनईलाई पराजित गरेको छ।
मंगलबार केही समयअघि सम्पन्न खेलमा लाओसका लागि झाइसोङखाम चाम्पाथोङ, केउभेङफेथ लिथिडेथ र सिद्धिडेथ खान्थाभोङले गोल गरेका थिए। चाम्पाथोङले सेमिफाइनलमा नेपालविरूद्ध दुई गोल गर्दै खेललाई टाइब्रेकरमा पुर्याएका थिए।
ब्रुनईका लागि मोहम्मद साह राजेनले दुई गोल फर्काए पनि आफ्नो टोलीलाई जीत दिलाउन सकेनन्। पहिलो हाफको खेल १–१ गोलको बराबरीमा टुँगिएको थियो। त्यसपछि लाओसले दुई गोल थप्दै तेस्रो स्थान सुनिश्चिन गर्यो।
प्रतियोगिताको उपाधिको लागि नेपालले सवा ५ बजे मकाउविरूद्ध खेल्दैछ।