इलामको माईखोलामा डुबेर सोमबार एक बालकको मृत्यु भएको छ।
इलाम नगरपालिका–६ तिल्केनी निवासी दावा तामाङका ९ वर्षीय छोरा समिर तामाङको माईखोलामा डुबेर मृत्यु भएको हो।
साथीसँग घुम्न भनी बिहान घरबाट निस्किएका समिरको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, इलामले जनाएको छ।
समिर लामो समयसम्म घर नफर्किएपछि प्रहरी र स्थानीय बासिन्दाले खोजी गर्दा खोलामा मृत अवस्थामा भेटिएको प्रहरी निरीक्षक रुद्र चुँडालले जानकारी दिए। शव परीक्षणपछि आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ। रासस