६८ वर्षपछि आज विशेष किसिमको ठूलो र चम्किलो चन्द्रमा देखिएको छ। सोमबार साँझ ५ बजेर ७ मिनेट जाँदा चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आएको थियो । चन्द्रमा सन् १९४८ पछि पृथ्वीको सबैभन्दा नजिक देखिएको हो ।
आज पृथ्वीबाट चन्द्रमा अरु बेलाभन्दा नजिक हुने भएकोले अरु बेलाभन्दा १४ प्रतिशत ठूलो र ३० प्रतिशत चम्किलो देखिएको हो।
वरिष्ठ खगोलविदका अनुसार अब फेरि चन्द्रमालाई पृथ्वीको नजिकैबाट अवलोकन गर्न १८ वर्ष कुर्नुपर्ने छ ।
आजको चन्द्रमालाई सुपर मुनका रुपमा पनि चिनिन्छ। हेर्नुस् सुपर मूनका दृश्य