प्रधानसेनापति राजेन्द्र क्षत्रीले बङ्गलादेशका सेना प्रमुख अबु बेलाल मुहम्मद सफिउल हकको औपचारिक निमन्त्रणामा मङ्गलबारदेखि छदिने औपचारिक भ्रमणमा बङ्गलादेशको भ्रमण गर्ने भएका छन्।
प्रधानसेनापतिले बङ्गलादेशका राष्ट्रपति, सेना प्रमुख लगायत अन्य विशिष्ट व्यक्तिसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। साथै उनले बङ्गलादेश नेसनल डिफेन्स कलेज लगायत अन्य सैनिक एकाइ तथा संरचनाको अवलोकन भ्रमण गर्नेछन्।
प्रधानसेनापतिको भ्रमण दलमा उनकी श्रीमती रीता, सुदूरपश्चिम पृतनापति दीपकप्रसाद भारती, प्रधान सेनापतिका सैनिक सहायक सहित आठ जना रहनेछन् । सो भ्रमणबाट दुई देशबीचको सैनिक सम्बन्धलाई अझ सुमधुर, प्रगाढ एवम् बृहत्तर पार्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले व्यक्त गरेको छ । रासस