अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको समर्थनमा राजधानीमा प्रदर्शन भएको छ। अख्तियार प्रमुख आयुक्त कार्कीविरूद्ध व्यवस्थापिका संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको एक महिना पुग्नै लाग्दा राजधानीमा उनको समर्थनमा प्रर्दशन भएको हो।
‘भ्रष्टाचारविरुद्धको आन्दोलन सफल पारौं’ भन्ने व्यानरसहित राजधानीको माईतीघरमा भएको प्रर्दशनमा ‘कार्कीमाथिको महाअभियोग प्रस्ताव खारेज गरौं’ भन्ने नारा लगाइएको थियो। ‘लोकमान जनता तिम्रो साथमा छन्, भ्रष्टलाई कारबाही गर्न खुट्टा नकमाऊ’ लगायतका पोस्टर बोकेका उनीहरूले माइतीघरदेखि नयाँ बानेश्वरसम्म र्याली गरे। र्याली सहभागी मोटरसाइकल चालक र पैदलयात्रीले नेपालको झण्डा बोकेका थिए।