नेपालले एएफसी सोलिडारिटी कपअन्तर्गत सेमिफाइनलको खेलमा एक जना खेलाडी परिवर्तन गरेको छ। लओसविरूद्ध शनिवार २ बजेर १५ मिनेटपछि सुरु हुने खेलमा मिडफिल्डर हेमन गुरुङको स्थानमा अन्जन बिष्टलाई पुनः टोलीमा उतार्न लागेको छ।
नेपालका तीन स्ट्राइकर भरत खवास, नवयुग श्रेष्ठ र विमल धर्तीमगर एकै पल्ट मैदानमा उत्रिदैछन्। विमल आक्रामक मिडफिल्डरको भूमिकामा उत्रिदैछन्। उनले ब्रुनईलाई ३–० ले हराएको खेलमा पनि यही भूमिका निर्वाह गरेका थिए। यी तीनै स्ट्राइकरले ब्रुनईविरूद्ध गोल गरेका थिए।