चक्काजाम गराउँदै हिड्ने नेकपा माओवादीका तीन जना कार्यकर्तालाई दाङ प्रहरीले पक्राउ गरेको छ। विप्लव माओवादीले बिहिबार बिहान ९ बजेदेखि १० बजेसम्म चक्का जाम गर्ने क्रममा तीन जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
जिल्ला सेक्रेटरी सितलका अनुसार प्रहरीले घोराहीबाट भूपेन्द्र भुसाल, आलोक ठकुरी , हेमेन्त जिसीलाई पक्राउ गरेको छ। जिल्ला सक्रेटरी सितलले पक्राउ गरिएका तीनै जना कार्यकर्तालाई विना सर्त रिहाई गर्न माग गरेका छन्। उनले भने, ‘ हाम्रो यो देश व्यापी रुपमा पूर्व घोषित चक्का जामको कार्यक्रम हो। मुल्य वृद्धि विरुद्धको विरोधका देशव्यापी कार्यक्रम गरेका हौं र शान्तिपूर्ण आन्दोलनमा रहेकाहरुलाई गिरफ्तार गर्नु अन्याय हो।’
पछिल्लो समय खाद्य बस्तु र इन्धनमा ५० प्रतिशत मुल्य बृद्धि गरिएकोले त्यसको समायोजन गर्नुपर्ने माग सहित उक्त पार्टीले कार्तिक २८ गते नेपाल बन्द आह्वान गरेको छ।