पूर्वाञ्चल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद समयमै गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको छ। पूर्वाञ्चल खेलाडी संघका अध्यक्ष राम लिम्बूलगायतको टोलीले सो सम्बन्धी ज्ञापन पत्र मोरङ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख देवराज कट्वाललाई हस्तान्तरण गरे।
कट्वाल मार्फत राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टलाई बुझाउने गरी ज्ञापन पत्र हस्तान्तरण गरिएको हो। जिल्ला छनोट सम्पन्न भइसकेको अवस्थामा पटकपटक राष्ट्रिय खेलकुद स्थगित हुँदा खेलाडीहरुको मनोबल गिरेकोले मंसिरभित्रै सातौं राष्ट्रिय खेलकुद हुनु पर्ने माग गरिएको छ।