नेपालले दोस्रो सब्सिच्युटको रुपमा अनिल गुरुङलाई मैदानमा प्रवेश गराएको छ। राष्ट्रिय टोलीको कप्तान घोषित भएका अनिल प्लेइङ सेटमा नपरेपछि उनको स्थानमा विराज महर्जनलाई कप्तानी सुम्पिएको थियो। अनिल खेलको ७७ मिनेटमा अन्जन बिष्टको स्थानमा प्रवेश गरेका थिए।
हाल मैदानमा नेपालले तीन स्ट्राइकर अनिल, भरत खवास र विमलघर्ती मगरलाई उतारेको छ। ८० मिनेटको खेल सकिँदासम्म कुनै गोल हुन सकेको छैन। नेपालले ११ सट प्रहार गर्दा टिमोर लेस्टेले ३ सट मात्र प्रहार गरेको छ।