नेपाल र टिमोर लेस्टेविरूद्ध मलेसियामा जारी एएफसी सोलिडारिटी कपअन्तर्गत दोस्रो हाफको खेल सुरु भएको एक मिनेटमा नेपाल अग्रता लिनबाट चुकेको छ। नेपालका गोलमेसिन भनेर चिनिने नवयुग श्रेष्ठले ४७ मिनेटमा हानेको प्रहार टिमोरको गोल पोस्टमा लागेर फर्किएको छ।
उनलाई अर्का स्ट्राइकर विमल घर्तीमगरले पास मिलाएका थिए। नवयुगले करिब २५ यार्डबाट हानेको प्रहार टिमोरको पहिलो वालमा लागेर फर्किएको थियो।