विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको यस वर्षको उत्कृष्ट खेलाडीको मनोनयनमा रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डोसँगै बार्सिलोनाका लिओनल मेसी, नेइमार र लुइस सुआरेज तीनै जना परेका छन्। फ्रान्स फुटबल र बालोन डि’ओरसँग यसै वर्ष सम्झौता रद्ध गरेको फिफाले वर्षको उत्कृष्ट खेलाडीको अवार्ड आफैंले दिने घोषणा गरेको थियो।
जसका लागि फिफाले शनिबार २३ जना खेलाडीको नाम सार्वजनिक गरेको छ। सार्वजनिक गरेको सूचीमा इङ्लिस क्लबबाट खेल्ने नौजना खेलाडी परेका छन्। मनोनयनमा दुईजना गोलकिपर युभेन्ट्सका गियानलुइगी बुफोन र वायर्न म्युनिखका मानुअल नेउर समावेश छन्। डिफेन्डरमा रियल म्याड्रिडका सर्गियो रामोस मात्र पर्न सफल भएका छन्। २० खेलाडीहरू मिडिफिल्ड र स्ट्राइकर रहेका छन्। मनोनयनमा पर्ने खेलाडी यस प्रकार छन्।
सर्गियो अगुइरो (अर्जेन्टिना–म्यानचेस्टर सिटी)
गारेथ वेल (वेल्स–रियल म्याड्रिड)
गियानलुइगी बुफोन (इटाली–युभेन्ट्स)
क्रिस्टियानो रोनाल्डो (पोर्चुगल–रियल म्याड्रिड)
केभिन डे ब्रुयन (बेल्जियम–म्यानचेस्टर सिटी)
आन्टोन ग्रेजमन (फ्रान्स– एट्लेटिको म्याड्रिड)
जाल्टन इब्राहिमोभिक (स्विडेन– पिएसभी–म्यानचेस्टर युनाइटेड)
आन्द्रेस इनिस्टा (स्पेन–बार्सिलोना)
एनगोलो कान्टे (फ्रान्स– लेस्टर सिटी–चेल्सी)
टोनी क्रुज (जर्मनी– रियल म्याड्रिड)
रोबर्ट लेवान्डोस्की
(पोल्यान्ड– वायर्न म्युनिख)
रियाद महरेज (अल्जेरिया–लेस्टर सिटी)
लिओनल मेसी (अर्जेन्टिना–बार्सिलोना)
लुका मोड्रिक (क्रोएसिया– रियल म्याड्रिड)
मानुअल नेउर (जर्मनी–वायर्न म्युनिख)
नेइमार (ब्राजिल–बार्सिलोना)
मेसुट ओजिल (जर्मनी–आर्सनल)
डिमिट्री पायेट (फ्रान्स– वेष्ट हम)
पाउल पोग्बा (फ्रान्स– युभेन्ट्स–म्यानचेस्टर युनाइटेड)
सर्गियो रामोस (स्पेन–रियल म्याड्रिड)
अलेक्स सान्चेज (चिली–आर्सनल)
लुइस सुआरेज (उरुग्वे– बार्सिलोना)
जेमी भार्डे (इङ्ल्यान्ड– लेस्टर सिटी)