काठमाडौंको न्युरोडस्थित रन्जना ट्रेड सेन्टरमा रहेका कपडा पसलहरुमा एकाएक कपडा हराउन थाले। ७ वटा कपडा पसलका व्यवसायीले प्रहरीलाई उजुरी नै गरे। लामो निगरानी पछि जनसेवा वृत्तले एक जनालाई पक्राउ गर्न सफल भयो।
नुवाकोट चौघडा घर भइ कमलपोखरीमा कपडा पसल संचालन गर्दै आएका सिताराम तिम्सिना पक्राउ परे। अनुसन्धानपछि उनले नै रन्जना ट्रेड सेन्टरबाट कपडा चोरी गरेको पत्ता लागेको डिएसपी सन्तोष आर्चायले बताए।
प्रहरीले उनको साथबाट ५ सय ६५ पिस कपडाहरु बरामद गरेको छ। उनले त्यहाँबाट चारेका कपडा आफ्नो पसलबाट बेच्दै आएको खुल्न आएको छ। उनी ग्राहक बनेर जाने र भिडभाडको मौका छोपेर कपडा चोर्ने गरेको डिएसपी आर्चायले बताए।