बजारमा नगद डलर अभाव हटाउनका लागि राष्ट्र बैंकले सिंगापुरबाट कात्तिक महनिाभित्र १ करोड डलर ल्याउने भएको छ ।
राष्ट्र बैंकले सिंगापुरको सीएमबी बैंकबाट डलर ल्याउने व्यवस्था मिलाउनका लागि कार्यकारी निर्देशक जनकबहादुर अधिकारीलाई केही दिन अगाडि सिंगापुर पठाएको खबर आजको कारोबार दैनिकमा छापिएको छ।
अधिकारीले सिंगापुरमा गएर गरेको सम्झौता अनुसार एकैपटक १ करोड डलर नेपाल ल्याइने छ।
राष्ट्र बैंकले १ सय रुपैयाँ नोटका दरले १ करोड डलर सिंगापुरबाट चार्टर्ड गरेर ल्याउन लागेको हो। यसरी नेपालमा नगद डलर ल्याउँदा राष्ट्र बैंकलाई २३ हजार अमेरिकी डलर खर्च हुनेछ।