पाकिस्तानका एक चिया व्यापारीको अहिले निकै चर्चा चलिरहेको छ। इस्लामावादमा चिया बेच्ने अर्सद खानको तस्बिर सामाजिक संजालमा आएपछि धेरै महिलाहरु ती ‘चायवाला’ को रुप देखेर प्रशंसा गर्न थालेका छन्। उनको रुपलाई बलिउड अभिनेतासँग पनि तुलना गर्न थालिएको छ। फोटोग्राफर जाभेरीया अलीले अर्सदको फोटो पोस्ट गरेपछि राताराता भाइरल बनेको हो।
निला आँखा भएका अर्सदको चर्चा यतिमै टुंगिएको छैन। इन्टरनेटमा चर्चित भएपछि उनी अब मोडल बनेका छन्। उनले इस्लामावादमा रहेको एक अनलाइन सपिङ साइटको पुरुष कपडाको विज्ञापनमा मोडलिङ गरेका छन्। उनका फोटा साइटमा देख्न सकिन्छ जसमा ‘चायवाला इज नो मोर चायवाला, नाउ ही इज फेसनवाला’ पनि लेखिएको छ।