मलद्वार र मुख मैथुन गराएको अभियोगमा ललितपुर बङगलामुखी बस्ने २८ वर्षीय योगेश श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।
श्रेष्ठले बुधबार राति बंगलामुखी मन्दिर भित्र दोलखा चरिकोट घर भई हाल बंगलामुखी मन्दिर आसपास मागी खाई हिड्ने १२ वर्षीय बालकलाई मलद्वार र मुख मैथुन गराएको महानगरीय प्रहरी प्रभाग मंगलबजारका प्रहरी निरीक्षक रेशम बाेहराले बताए।
सो घटनाको खबर हुनासाथ महानगरीय प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरी टोलीले पीडक र पीडितलाई नियन्त्रणमा लिएर दुवै जनालाई स्वास्थ्य परीक्षण गराई यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको छ ।