मकवानपुरको हेटौंडामा आजदेखि ४० वर्षमाथिका खेलाडीको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता सुरु भएको छ। रोटरी क्लव मकवानपुरले आयोजना गरेको प्रतियोगितामा बंगलादेशसहित, भारत र नेपालका गरी १२ टिमको सहभागिता रहेको ज्ञानकृष्ण प्रजापतिले जानकारी दिए।
आज भएको उद्घाटन खेलमा काठमाडौंको सानो गौचरण नाइट किङ र चितवनको ध्रुवतारा ११ क्लव भिडे ।
जसमा ध्रुबतारा २० गोलले विजयी भयो। विदेशी तथा स्वदेशी टिममा पूर्व राष्ट्रिय खेलाडीहरु पनि सहभागी भएको प्रजापतिले बताए। खेल जीवनमा समय विताएर उमेर कटेर बसेकाहरुलाई पुन खेल जीवन संझाउनका लागि आफुहरुले अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरेको प्रजापतिले बताए।