तीन वर्षमा वाणिज्य बैंकहरुको खुद मुनाफा औसत ८५ प्रतिशतले बढेको छ । अस्थिर राजनीतिक अवस्था र लगानीमैत्री वातावरण अभावका बाबजुद उक्त अवधिमा बैंकहरुको मुनाफा उच्च दरले बढेको हो । कान्तिपुर दैनिकमा समाचार छ।
०७० असारमा १९ अर्ब ७९ करोड रुपैयाँ रहेको वाणिज्य बैंकहरुको खुद मुनाफा ०७३ मा ३६ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । यो ८५ प्रतिशतभन्दा केही बढीको वृद्धि हो । उक्त वृद्धिलाई वार्षिक रुपमा रुपान्तरण गर्दा (कम्पाउन्ड एनुअल ग्रोथ रेट–सीएजीआर) २२ दशमलव ७ प्रतिशत हुन आउँछ ।