आइसिसी महिला विश्वकप क्रिकेट एसियाली छनोटअन्र्गत आज भएको खेलमा नेपाल थाइल्याण्डसँग एक विकेटले पराजित हुुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।
एक खेलअगावै नेपालको सन् २०१७ मा हुुने ग्लोबल छनोट खेल खेल्ने सपना समाप्त भएको हो । चार टोलीले भाग लिएको उक्त छनोटमा शीर्ष स्थान हासिल गर्ने एक टोलीले ग्लोबल छनोटमा सहभागिता जनाउन पाउनेछन् । त्यस्तै ग्लोबल छनोटमा १० टोलीमध्ये शीर्ष चारभित्र पर्ने टोलीले इङ्ल्यान्डमा हुने महिला विश्वकप खेल्न पाउनेछन् ।
हङकङ क्रिकेट क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १०८ रनको योगफल तयार ग¥यो । जवाफी ब्याटिङमा उत्रेको थाइल्यान्डले १८ दशमलव चार ओभरमा नौ विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो ।
थाइल्याण्डकी चानिदा सुथिरुआङले २७ तथा नाताकान चान्तमले २३ रनको योगदान दिइन्। नेपालकी करुणा भण्डारीले चार तथा रुबिना बेलबासे र सीता राना मगरले समान दुई/दुई विकेट लिए ।
त्यसअघि ब्याटिङ गरेको नेपालकी नेरी थापाले ३२, इन्दु बर्माले २६, निर्मलाकुमारी शाहीले २०, ज्योती पाण्डेले १३ तथा रुबिना बेलबासेले १० रन जोडिन्। जितसँगै थाइल्यान्ड आठ अङ्कका साथ लिगको शीर्ष स्थानमा छ । चार खेल खेलेको नेपालको भने दुई खेलमा जित तथा दुई खेलमा हार बेहोर्दै चार अङ्क मात्र छ ।
यसअघि भएको पहिलो खेलमा नेपाल आयोजक हङकङसँग र दोस्रो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो। त्यसैगरी मङ्गलबार भएको तेस्रो खेलमा नेपालले चीनलाई पराजित गरेको थियो भने बिहीबार भएको चौथो खेलमा नेपालले हङकङलाई पराजित गरेको थियो । नेपालले अब चीनसँग खेल्न बाँकी छ। रासस