भारतमा जारी चिनियाँ सामान बहिष्कार अभियानका कारण दिपावलीको मुखमा आफ्नो व्यापार चौपट भएको खुद्रा व्यापारीले बताएका छन्।
नयाँ दिल्लीका व्यापारीहरूलाई उद्धृत गर्दै दिपावली अगाडि हुने ठूलो व्यापार चौपट भएको समाचार टाइम्स अफ इन्डियाले प्रकाशित गरेको छ।
चिनियाँ सामान बहिष्कारको कारण भने भारत प्रसाशित कास्मिरको उरीमा भएको आतंकवादी आक्रमणसँग जोडिएको छ। यो आक्रमणपछि पाकिस्तान र भारतबीच विवाद चर्कियो। भारतीय उपभोक्ता भने चीनले पाकिस्तानलाई साथ दिएको भन्दै चिनियाँ सामान बहिष्कारमा उत्रिएका हुन्।
अहिले सामाजिक सञ्जालमा चिनियाँ दिपावलीका लागि चिनियाँ सामान खरिद नगर्न आग्रह गरिएका पोष्ट छ्याप्छ्याप्ति छन्।
तर, चिनियाँ सामग्रीको व्यापार हुने मुख्य केन्द्र पुरानो दिल्लीका व्यापारीहरू भने चिनियाँ सामान स्टक गरेर बसेका व्यापारीलाई यो अभियानले ठूलो नोक्सान पुर्याएको बताउँछन्।