करेन्ट लगाएर माछा मार्ने क्रममा दाङमा एक जनाको मृत्यु भएको छ ।
बिजौरी ९ पकर्रेको चमिखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा स्थानीय ४५ बर्षीय नरबहादुर बस्नेतको विहीवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
बस्नेत दशैंमा माछाको जोहोगर्नका लागि माछा मार्न गएका थिए । स्थानीय पाँच व्यक्तिहरु मिलेर खोलामा माछा मार्न गएका थिए ।
तर,त्यही क्रममा बस्नेतलाई करेन्ट लाग्दा बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य चार जनाको अवस्था भने सकुशल रहेको छ । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कानुन अनुसार जलचर प्राणिलाई करेन्ट लगाएर वा विषादी प्रयोग गरेर मार्न पाईदैन् ।