हाइटीमा आएको समन्द्री तुफान ‘म्याथ्यू’ का कारण मृत्यु हुनेको संख्या ८ सय नाघेको छ। तुफानपछि हाइटीका अधिकांश स्थान सम्पर्कविहीन भएका कारण मृत्यु हुनेको संख्या पत्ता लागेको थिएन।
बिहीबारसम्म करिब ४ सयको मृत्यु भएकोमा शुक्रबार दोब्बर हुँदै ८ सय नाघेको हो। यो संख्या अझै बढ्ने अनुमान गरिएको छ।
करिब २ सय किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको हो तुफान अहिले अमेरिकोको फ्लोरिडा पुगेको छ। फ्लोरिडामा भने यसको रफ्तार कम भएको बताइएको छ। यसबाट बच्न फ्लोरिडमा तयारी गरिदैँछ।