तस्बिरः नेपाल आर्मी
दसैंको अवसरमा सर्वसाधारणको सुविधाका लागि नेपाली सेनाले राजधानीमा सवारीसाधन संचालन गर्ने भएको छ। चाडवाडको समयमा सार्वजनिक यातायात संचालन कम हुँदा सर्वसाधरणलाई यातायातको असुविधा हुने देखेर सेनाले यातायात सेवा उपलब्ध गराउन लागेको हो। सेनाले महानवमी, टीका र एकादशीको दिन राजधानीका विभिन्न ८ वटा रुटमा सवारीसाधन संचालन गर्ने भएको हो।
सेनाका प्रवक्ता सहायक रथी तारा बहादुर कार्कीले दसैंको बेला न्युन सवारीसाधन चल्ने भएको सर्वसाधरणको सुविधाका लागि राजधानीका विभिन्न ८ वटा रुटमा आठवटा सवारी साधन संचालनमा ल्याउने तयारी भईरहेको जानकारी दिए। सेनाले नवमीको दिनमा निर्धारित भएका सबै ८ वटै रुटमा बिहान ११ र ४ बजे तथा एकादशीको दिन बिहान ६, ११ र ४ बजे सवारीसाधन संचालनको समय निर्धारण पनि गरेको छ।
सेनाद्वारा संचालित रुट नम्बरअनुसारको विवरण यस्तो छ।
रुट नम्बर १ः माईतीघर, बानेश्वर, कोटेश्वर, एकान्तकुना, बल्खु, किर्तिपुर, त्रिपुरेश्वर हुँदै रत्नपार्क।
रुट नम्बर २ः भद्रकाली, जमल, लैनचौर, नारायणगोपाल चोक, बुढानिलकण्ठ हुँदै माईतीघर।
रुट नम्बर ३ः माईतीघर, त्रिपुरेश्वर, कालिमाटी, कलंकी, स्वयम्भु, छाउनी अस्पताल ताहाचल, टेकु हुँदै थापाथली।
रुट नम्बर ४ः माईतीघर, बानेश्वर, तीनकुने, गौशाला, चावहिल, जोरपाटी, नारायणगोपाल चोक, लाजिम्पाट हुँदै भद्रकाली।
रुट नम्बर ५ः थापाथली, कुपण्डोल, जावलाखेल, कोटेश्वर, बानेश्वर हुँदै शहीदगेट।
रुट नम्बर ६ः थापाथली, जावलाखेल, बल्खु, कलंकी त्रिपुरेश्वर हुँदै भद्रकाली।
रुट नम्बर ७ः माईतीघर, सुर्यविनायक, ठिमी हुँदै माईतीघर।
रुट नम्बर ८ः सहिदगेट, त्रिपुरेश्वर, स्वयम्भु, गाेंगबु, सामाखुसी हुँदै रत्नपार्क।
नेपाली सेनाले आफ्नै सकल दर्जाका लागि पनि लामो दुरीका सवारीसाधन संचालन गरेको छ। राजधानीबाट बाहिर जाने र राजधानी आउनेका लागि गत १८ गतेदेखि लामो दुरीका लागि सवारीसाधन संचालन गरेको हो। काठमाडौंबाट पूर्वमा इटहरीदेखि पश्चिममा धनगढी सम्मका विभिन्न ११ वटा स्थानका लागि लामो दुरीको सवारी साधन संचालनमा ल्याएको हो। सोही सेवाबाट दुई हजार बढी राजधानी बाहिर गएको र बाहिरबाट झण्डै ६ सयको संख्यामा राजधानी भित्रिएको जानकारी सैनिक निर्देशनालयले जनाएको छ।