निजी आवादी जग्गाबाट करिब ६० हजार घनफिट काठ उत्पादन हुँदै आएको छ।
जिल्ला वन कार्यालयका अनुसार आधाभन्दा बढी वन पैदावार आपूर्ति निजी आवादीबाट भएको हो। बढ्दो वन पैदावार आपूर्तिमा निजी आवादीबाट उत्पादन हुने काठ दाउराले वन पैदावार आपूर्तिलाई सहज बनाएको सहायक वन अधिकृत प्रमोद भट्टराईले बताए।
निजी वन, व्यक्तिको घर खेतमा रहेका रुख बिरुवा कटान गरी आव २०७२÷७३ मा ५९ हजार ३९३ घनफिट काठ उत्पादन भएको छ भने ९२ चट्टा दाउरा समेत उपलब्ध भएको छ। सबैभन्दा बढी आँप र सिसौ काठ रहेको आपूर्ति शाखाका नासु अमजद अली अन्सारीले बताए।
गत आवमा जामुन, सिमल, सिसौ, आँप, टिक र अन्य प्रजातिका काठ कटान गरी जिल्लाभित्र र जिल्ला बाहिर आपूर्ति गर्न छुट पुर्जी प्रदान गरिएको छ। त्यसबाट १६ लाख २२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको बताइएको छ। रासस