म २७ वर्ष निजामति सेवामा रहँदा तीन मन्त्रालय र मन्त्रिपरिषदमा रहेर काम गरेँ। सहसचिव हुँदा उद्योग, वाणिज्य लगायतका मन्त्रालयमा काम गर्दा ल्हासाको महावाणिज्य दूतका रुपमा काम गरेँ। त्यसपछि चीनसँग निरन्तर आर्थिक, सांस्कृतिक र सामाजिक क्रियाकलापमा संलग्न रहेर काम गरेँ।
संस्कृति सचिव हुँदा २००८ मा चीन भ्रमण गरेको थिएँ। १४ मा नेपाल चीन आर्थिक मेलामा तिब्बतमा सहभागी भएको थिएँ। चीनसँग नेपालले आर्थिक रुपमा मात्र होइन नेपालले चीनको पर्यटकलाई नेपालमा भित्राउन सके पनि नेपालले ठूलो फाइदा लिन सकिन्छ।
२००१ मा चीन सरकारले तोकेको ठाउँमा मात्रै पठाउँदा नेपाल पनि गन्तव्यको रुपमा पर्दा पनि हामीले लाभ लिन सकेनौं। तिब्बतको भ्रमण एक करोडले गतवर्ष गरेका थिए। ल्हासामा आउने जाने हवाइ र रोडको सुविधा नेपाल नै हो भने त्यसको केही संख्या मात्र तान्न सके पनि फाइदा लिन सकिन्छ।
चीनको छेन्दुबाट थाइल्याण्ड, भेइतनाम लाओस घुमेर आउने प्याकेज छ। जहा ८० लाख चिनीयाँ थाइल्याण्ड भ्रमण गरेर फर्कन सक्छन् तर नेपालले हाम्रो हवाइ सुविधा नहुँदा फाइदा लिन सकिएन।हाम्रो सहज आवागमन को समस्या र भएको बजारको प्रवर्दन तथा चिनियमा मैत्री बजार व्यवस्थापन हुन नसक्दा पनि हामीले फाइदा लिन सकिरहेका छैनौं। हामीले व्यापारको बजार बढाउन पनि सकेका छैनौं।
हामीले गतवर्ष यार्सागुम्बा, मूर्ति लगायतका सामाग्री बाहेकको निर्यात गराउन सकेका छैनौं र लाभ लिन सकिरहेका छैनौं। मलाई प्रधानमन्त्री स्वयम्ले आग्रह गरेकाले म राजदूत बन्न लागेको हुँ।