नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह संख्याको विषयलाई लिएर दलहरुबीच एकमत नरहेका कारण इलाकालाई आधार मानेर निर्वाचन गर्ने सहमति गरेको बताएका छन्।
नेपाली काँग्रेसको अछाम काठमाडौं सम्पर्क समितिले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा देउवाले स्थानीय तहको संख्या यकिन हुन नसकेको र निर्वाचन गर्नैपर्ने वाध्यताका कारण इलाकालाई आधार मानेर निर्वाचन गर्ने सहमति गरेको बताए। उनले स्थानीय तहको निर्वाचन गर्दा इलाकाको हालको संख्यामा भने तलमाथि हुने बताए।
हाल इलाकाको संख्या ९ सय २७ छ । त्यसको आसपासमा रहेर स्थानीय तहको निर्वाचन गरिने देउवाले बताए। उनले निर्वाचनमा वहुमत ल्याउन काँग्रेस एकताबद्ध भएर जानुपर्ने तथा काँग्रेसले बहुमत ल्याएको खण्डमा मात्र लोककतन्त्र सुदृढ हुने बताए।