गलत उपचारका कारण कसैले आजीवन ब्हीलचेयरमा बिताउनु पर्यो भने के होला? यस्तै घटनाको साक्षी बनेका छन्, पोर्चुगलका एक ६१ वर्षिय बृद्ध। जसले गलत उपचारका कारण ४३ वर्ष अनाहकमा ब्हीलचेयरमा जीवन बिताउनु पर्यो।
रुफिनो बोरेगो, जतिबेला १३ वर्षका थिए। उनलाई निको नै नहुने गरी खुट्टाको मासंपेशीमा रोग लागेको भन्दै लिस्बनको अस्पतालले सल्यक्रिया गरिदिएको थियो। सल्यक्रियाका कारण उनले ४ दशक ब्हीलचेयरको सहयोगले हिडडुल गरेका थिए।
तर, उनको उपचार गलत थियो भनेर चिकित्सकहरूले सन् २०१० मा पहिलो पल्ट महसुस गरेपछि अहिले रुफिनोको जीवननै परिवर्तन भएको छ। उनी ६१ वर्षको उमेरमा सामान्य आस्थेमा प्रयोग गरेर गरिएको सल्यक्रियापछि पुनः हिडडुल गर्न सफल भएका छन्। उनलाई धेरै मानिसमध्ये कमलाई लाग्ने मेआस्थेनीया भएको थियो। जसका कारण मासंपेशी कमजोर हुँदा हिडडुल गर्न सक्दैन्थे।
‘हामीलाई कुनै चमत्कारजस्तो लागिरहेको छ,’ दक्षिणपूर्वी पोर्चुगलको अलानड्रोअलमा क्याफे सञ्चालन गरेर बसेका रुफिनोका साथी मानुअल मेलाओले बताए।
सल्यक्रिया सफल भएपछि पहिलो पल्ट हिड्दै मेलाओको क्याफेमा पुगेका रुफिनोलाई देखेर सबै चकित परेका थिए।