नेपाल प्रहरीले प्रवक्ताको जिम्मेवारी डिआइजी हेमन्त मल्ल ठकुरीलाई दिएको छ।
मल्ल २ साताअघि मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट हेडक्वाटरमा सरुवा भएका थिए। मल्ल निकै व्यावसायिक, इमान्दार प्रहरी अधिकृतभित्र पर्छन्। सिआइबीमा रहदाँ उनले लामो समयदेखि हत्यारा पत्यारा लाग्न नसकेको रानीवारी हत्याकाण्डका दोषीलाई पक्राउ गर्न सफल भएका थिए। त्यस्तै गैँडा तस्करीलाई पनि निर्मुल पारेका थिए।