बैतडी र दार्चुलाको सिमा भएर बग्ने चौलानी नदीबाट बगेर बेपत्ता भएका २० वर्षीय युवक गोकुल भट्ट मृत फेला परेका छन्। बेपत्ता युवकलाई खोजी गर्र्दै जाँदा आज बिहान ७ बजे प्रहरीले सित्तड– ४ पन्ज्युनयाँ नजिकै चौलानी नदीको बीच भागमा मृत अवस्थामा फेला परेको दार्चुला जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिए।
युवक नदीको बीच भागको भङ्गालोमा फेला परेको भए पनि नदीको बहाव बढी भएकाले शव निकाल्न कठिनाइ भएकोे उल्लेख गर्दै प्रहरी नायब उपरीक्षक खनालले भने, “दुबैतिरबाट नदी बगिरहेको छ नदीको बीच भङ्गालोमा शव छ। ”
बैतडी देउलेक– ६ रिखाली घर भएका भट्ट बिहीबार साँझ नुहाउने क्रममा दार्चुलाको गोकुलेश्वर– ६ भट्टेगाड नजिकै चौलानी नदीबाट बेपत्ता भएका थिए। गोकुलेश्वर उमाविमा कक्षा १२ मा अध्ययनरत युवक दार्चुला गोकुलेश्वर– ५ मा भिनाजुको घरमा बस्दै आइरहेका थिए। रासस