घरको छतबाट लडेर बिहीबार साँझ दार्चुलामा ४ वर्षीय बालक गम्भीर घाइते भएका छन्। घाइते हुनेमा अपी नगरपालिका–११ का करनसिंह धामीका छोरा यादव धामी रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिए।
बालक बिहीबार साँझ ६ बजेतिर आफ्नै दुईतले घरको छतमा खेलिरहेका बेला एक्कासि लडेको बताइएको छ। बालकको जिल्ला अस्पतालमा उपचार हुन नसक्दा भारत रिफर गरिएको प्रहरीले जनाएको छ। रासस