आफ्नो ५ सयौं टेस्टमा उत्कृष्ट सुरुवात गरेको भारतलाई पहिलो दिन न्युजिल्यान्डले ९ विकेटको क्षतिमा २ सय ९१ रनमा रोकेको छ।
टस जितेर पहिलो ब्याटिङ गर्न उत्रिएको घरेलु टोलीले १ विकेटको क्षतिमा १ सय ५४ रन बनाएको थियो। तर, त्यसपछिको १० ओभरको खेलमा ३ विकेट गुमाएपछि न्युजिल्यान्डले भारतको पहिलो दिन ठूलो योगफल बनाउने योजनालाई भताभुङ्ग पार्यो।
कप्तान विराट कोहली ९ रनमा आउट भएपछि भारतलाई तीब्र बलर ट्रेन्ट बोल्ट र अर्थोडक्स बलर मिचेल सान्टनेरले दबाबमा राखे। यी दुवै बलरले ३–३ विकेट लिए। कोहलीलाई नील वागनरले क्याच आउट गराएका थिए।
यसअघि प्रारम्भिक ब्याट्सम्यान लोकेश राहुल ३२ रनमा आउट भएका थिए।
मुरली विजय (६५) र चेतेश्वर पुजारा (६२) ले दोस्रो विकेटका लागि सतकीय साझेदारी गरेपछि भारतको इनिङ ठूलो हुने आकंलन गरिएको थियो।
मध्यक्रममा रोहित शर्माले ३५ र अश्विनले ४० रन बनाए। रविन्द्र जडेजा १६ रन बनाएर खेलिरहेका छन्। उमेश यादव पनि ८ रनमा अविजित छन्।