हिजो बुधबार एक जना महिला बहिनी अपरहणमा परिन भन्दै ललितपुर प्रहरी परिसरमा आइन। प्रहरीले उनलाई आएको धम्कीको म्यासेज हेर्यो। २ लाख रुपैयाँ माग गरेर पठाइएको एसएमएम हेरेर प्रहरीले प्रोफेसनल व्यक्तिहरुबाट अपरहण नभएको निष्कर्ष निकाल्यो।
त्यसपछि म्यासेज पठाउने मोबाइल ट्रयाप गरेर प्रहरीले सिन्धुपाल्चोक कर्थली ४ का सिजन भन्ने रामचन्द्र खत्रीलाई पक्राउ काठमाडौंको चप्पल कारखानाबाट पक्राउ गर्यो। अनुसन्धानका क्रममा उनले प्रेमिकालाई गेष्टहाउसमा राखेर प्रेमिकाको दिदीसँग रकम माग गरेको खुल्न आएको डिएसपी इश्वर कार्कीले बताए।
खत्रीले आफ्नी प्रेमिका सावित्रि खड्कालाई बोलाएर चावहिलको भिवोर गेष्टहाउसमा बोलाइ, सँगै प्रेमिकाको दिदीलाई धम्क्याउदै २ लाख माग गरेका थिए। अनुसन्धानका क्रममा आफुलाई लागेको साथीभाईको ऋण तिर्न प्रेमिका अपरहणको नाटक गरेको खुल्न आएको डिएसपी कार्कीले बताए।
खत्री रोजगारका क्रममा भारतमा गएको र भारतमा नेटवर्किङ व्यवसाय संचालन गर्नका लागि साथीभाईसँग रकम लिएका थिए। सो रकम तिर्न नसकेपछि प्रेमिकाकै सल्लाहमा अपरहणको नाटक बुनेको खत्रीले बताए ।
प्रहरी फन्दामा रहेका दुवै जनाले आफूबाट गल्ती भएको बताएका छन्। प्रहरीले उनीहरुमाथि सार्वजनिक मुद्दा चलाएको छ।