नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले स्कुलमा बम राख्नेलाई तत्काल कारबाही गर्न सरकारसँग माग गरेको छ।
अनेरास्वियु अध्यक्ष नविना लामाले मंगलबार विज्ञप्ति जारी गर्दै बम राख्नु क्रुर, अमानविय तथा आतंककारी क्रियाकलाप भएको टिप्पणी गरेकी छन्।
उनले कलिला विद्यार्थीलाई भयरहित वातावरणमा पढ्ने वातावरण बनाउन सरकारसँग माग गरेकी छन्।
विद्यालयमा बम राख्ने जस्तो गम्भिर क्रियाकलापले सरकारले शान्ति सुरक्षाको व्यवस्था गर्न नसकेको देखिएको अनेरास्वियुका सचिव सुदेश पराजुलीले बताए।
'सुरक्षामा सरकार गम्भीर नभएको देखियो,' उनले भने, 'सरकारले विद्यार्थीले भयरहित वातावरणमा पढ्ने व्यवस्था तत्कालै मिलाउनु पर्छ।'