ललितपुरको सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीमा प्रेसर कुकर बम भेटिएको छ।
स्कुलको गेटमा नयाँ प्रेसर कुकर र तार भेटिएको ललितपुरका डिएसपी ईश्वर कार्कीले जानकारी दिए।
'स्कुलको अगाडि बम जस्तो शंकास्पद वस्तु भेटिएको छ,' डिएसपी कार्कीले भने 'त्यो क्षेत्रमा प्रहरी पुगिसकेको छ, मानिसलाई सो बाटो भएर हिँड्न रोक लगाइएको छ।' बम डिस्पोजल टोलीलाई पनि खबर गरिसकेको उनले बताए।
सो स्थानमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र नामको संयुक्त पर्चा भेटिएको छ। चाडवाडका बेला चन्दा माग गरिएको र नदिएका कारण बम राखेर तसार्एको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।