प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार १७ भारतीय सैनिकको मृत्यु हुने गरी भारतको कश्मिरमा भएको हमलाको भत्र्सना गरेका छन्। भारतीय समकक्षी नरेन्द्र मोदीलाई सोमबार सन्देश पठाएर प्रधानमन्त्री दाहालले घटनाप्रति दुःख ब्यक्त गर्दै घटनामा संलग्नलाई कारबाही हुने विश्वास व्यक्त गरेका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार दाहालले नेपाल सरकारको कुनै पनि प्रकारका आतंकवादको निन्दा गर्ने नीति रहेको दोहो¥याउँदै त्यस्ता घटनाको सामना गर्नुपर्ने सन्देशमा उल्लेख गरेका छन्।
मोदीमार्फत् प्रधानमन्त्री दाहालले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली र उनीहरु परिवारमा समवेदना व्यक्त गरेका छन्।
कश्मिरको उरीमा आइतबार बिहानै भारतीय सैन्य क्षेत्रमा भएको हमलामा १७ भारतीय सैनिक मारिएका थिए भने पछि सेनासँग भएको मुठभेडमा ४ विद्रोहीको मृत्यु भएको थियो। भारत सरकार घटनामा पाकिस्तानको हात रहेको बताएको छ। भारतीय गृहमन्त्री राजनाथ सिंहले पाकिस्तान आतंकवादी मुलुक भएकाले त्यसलाई एक्ल्याउनु पर्ने प्रतिक्रिया दिएका छन्।