कश्मीरको सीमावर्ती क्षेत्रमा तनाव बढ्न थालेपछि पाकिस्तानले आफ्नो छिमेकी भारतलाई परमाणु हमला गर्ने धम्की दिएको छ।
कश्मीरको सैन्य क्याम्प उरीमा शनिवार आत्मघाती हमला हुँदा १७ भारतीय सेनाको हत्या भएको थियो। भारतीय पक्षले पनि ४ आतंकवादी मारिएको दावी गरेको छ। कश्मीर मुद्दालाई लिएर दुई छिमेकी मुलुकको सम्बन्ध पुनः बिग्रिएपछि पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिमले एउटा टेलिभिजन साक्षात्कारमा आफ्नो देशले भारतमा परमाणु हमला गर्न सक्ने चेतावनी दिए।
‘भारत पाकिस्तानको अस्तित्वमाथि आक्रमण गर्छ भने भारतले त्यसको नतिजा भोग्नु पर्नेछ,’ उनले भने। उरी आक्रमणपछि भारतको गृहमन्त्रालयले देशभरीको सबै विमानस्थललाई अलर्ट जारी गरेको थियो। र, अहिले विमानस्थलको सुरक्षा बढाएको छ।
पछिल्लो समय कश्मीरमा भड्किएको हिंसाका कारण १ सय २ जनाको ज्यान गइसकेको छ।