तस्बिरः @girirajsinghbjp
भारतको चार दिने राजकीय भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल स्वदेश फर्किएका छन्।
प्रधानमन्त्री दाहाललाई भारतीय घरेलु उद्योग राज्यमन्त्री गिरीराज सिंहले इन्धिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आएर बिदाइ गरेका हुन्।
आइतबार दिउँसो २ बजे दिल्लीबाट उडेका प्रधानमन्त्री केही बेरमा काठमाडौँ आइपुग्ने छन्। चार दिने भ्रमणका लागि दाहाल भदौ ३० गते दिल्ली गएका थिए। उनलाई भारतीय विदेश मन्त्री सुष्मा स्वराजले स्वागत गरेकी थिइन्।