मानसिक सन्तुलन गुमाएर ललितपुर बागडोलस्थित कोशिश नामक संस्थामा उपचार गराइरहेकी एक महिलाका लागि सिन्धुपाल्चोकका साहित्यकारले ६६ हजार ५ रुपैयाँ सहयोग गरेका छन् । चौतारा नगरपालिका–९स्थित तारादेवी रानामगरको उपचारका लागि शुक्रबार भएको कार्यक्रममा उनका आफन्तलाई रकम हस्तान्तरण गरिएको हो ।
सिन्धु साहित्य अभिलेखालय र गजल सिन्धुको समन्वय तथा चौताराका युवाहरुको आयोजनामा साहित्यकार सुरेश बुढाथोकी‘फकिर’को एकल कविता वाचन कार्यक्रम गरिएको थियो । संकलित रकमलाई तारादेवीका छोरा सुजन र देवर खिलबहादुरलाई सिन्धु साहित्य अभिलेखालयका संयोजक किशमा किशोर र जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामकृष्ण अधिकारीले संयूक्त रुपमा हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा साहित्यकार ‘फकिर’ले बिभिन्न बिषय र सन्दर्भमा लेखिएको १ दर्जन कविता वाचन गरे । उनले ‘गणतन्त्र, पे्रग्नेन्ट सरकार, भगवान, गुरुजी हर्न नबजाउनुस् मेरो देश सुतिरहेछ’सहित एक दर्जन कविता सुनाएका थिए । उनको कवितामा देशको समासायिक बिषय र नेपालीको बास्तविक पीडा बोलेको कविता सुनाउँदा एकल वाचनमा कार्यक्रममा उपस्थित स्रोता तथा दर्शकहरु भावुक बनेका थिए ।
‘तारादेवीका परिवारले कोशिशमा लाग्ने उनको खर्च ब्यहोर्न नसक्ने भएपछि मानवीय रुपले सहयोग गर्न एकल कविता वाचन कार्यक्रम आयोजना गरिएको हो,’ आयोजक संस्थाका संयोजक किशमा किशोरले भने ।
एकल वाचनबाट संकलित सो रकम सिन्धु साहित्य अभिलेखालयका संयोजक तथा तारादेवीको देवरको रोहबरमा उनी उपचारार्थ संस्था कोशिशमा पु¥याइने छ । कोशिशका सामाजिक कार्यकर्ता महेश तिमिल्सिनाका अनुसार हाल तारादेवीले दिनको ६ सय रुपैयाँ बराबरको औषधी सेवन गरिरहेकी छिन् ।
अभिलेखालयका अध्यक्ष अमित घिमिरेले यो सहयोगले तारादेवीलाई निकै सहयोग पुग्ने बताए । ‘हामी पछि पनि सहयोग गर्नेछौं,’ उनले भने, ‘अन्य संस्था र व्यक्तिले थप सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
मानसिक सन्तुलन गुमाएकी तारादेवी केही महिनाअघि जिल्ला सदरमुकाम चौतारामा निर्वस्त्र हिडेकी थिईन् । उपचार गराउने क्रममा उनका देवरले उनलाई मानसिक रोग सम्बन्धी उपचार तथा परामर्श दिने संस्था कोशिशमा पु¥याएका थिए ।