दूधे बालकसहित इनारमा हामफल्दा सिरहा धनगढीमा एक बालिकाको मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छिन् ।
धनगढीमाई नगरपालिका– १२ विष्णुपुरका २८ वर्षीया हिरा खनालले आफ्नो एक वर्षीय छोरी दिलिसालाई बोकेर घर अगाडि रहेको इनारमा हिजो साँझ हामफल्दा छोरीको घटनास्थलमै मृत्यु भएको थियो ।
आमा हिरालाई भने प्रहरीले उद्धार गरी उपचारका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पताल पठाएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए । हिराका श्रीमान् ध्रुव खनाल वैदेशिक रोजगारीको क्रममा दुबईमा छन् ।
मृतक बालिकाको शव परीक्षणका लागि लहानस्थित रामकुमार सारदा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको छ । इनारमा बच्चासहित हामफाल्नुको स्पष्ट कारण भने खुल्न सकेको छैन् । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक केसीले बताए। रासस