खेल सकिन अन्तिम दुई मिनेटमा गोल गर्दै साविकको विजेता रियल मड्रिडले च्याम्पियन्स लिगमा सुखद सुरुवात गरेको छ।
बुधबार राति भएको खेलमा रियल मड्रिडले पोर्चुगलको क्लब स्पोर्टिङ लिस्बोनलाई २-१ गोल अन्तरले हराएको हो।
अन्तिमको पाँच मिनेटमा दुईगोल गर्दै रियल मड्रिडले स्पोर्टिङ लिस्बनलाई हरायो । १– १ को बराबरीमा रहेको खेल सकिन २ मिनेट बाँकी रहँदा अल्बारो मोराटाले गोल गर्दै रियल मड्रिडलाई जिताएका थिए।
पहिलो हाफसम्म गोलरहित बराबरी खेलमा स्पोर्टिङ लिस्बन क्लबले अग्रता लिएको थियो। लिस्बनका ब्रुनो सेसरले ४७ मिनेटमा गोल गर्दै लिस्बनलाई अग्रता दिलाएका थिए।
लिस्बनको अग्रतालाई बराबरीमा ल्याउन रियल मड्रिडलाई ८९ औं मिनेटसम्म कुर्नुपर्यो । रियल मड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले २५ यार्ड टाढाबाट फ्रि किकमार्फत गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।
च्याम्पियनस लिगमा रोनाल्डोको यो ९४ औं गोल हो। दुई वर्षपछि युभन्टसबाट रियल मड्रिड फर्किएका अल्बारो मोराटाले खेलको अतिरिक्त समय ९४ औं मिनेटमा गोल गर्दै रियललाई जिताएका थिए।