महोत्तरी जिल्लाको मेघनाथ गोरहन्ना गाविसमा विषादी सेवनबाट गएराति एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मेघनाथ गोरहन्ना–१ बस्ने डब्बल सिंहका छोरा राजदेव सिंह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
घरायसी विवादका कारण युवक सिंहले गएराति ८ बजेतिर नाम नखुलेको कीटनाशक औषधि सेवन गर्दा उनी सिकिस्त भएका थिए भने परिवारजनले तत्काल उपचारका लागि जिल्लाको बर्दिबास लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए।
मृतक युवक सिंहको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर ल्याइएको छ । रासस