एलेक्स सान्चेजको गोलमा आर्सनल फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पिएसजीसँग १–१ को बराबरीमा रोकिएको छ।
च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको पहिलो खेलमा आर्सनल अंक बाढ्न बाध्य भएको हो।
खेलको ४२ सेकेण्डमा नै एडिसन काभानीले गोल गर्दै पिएसजीलाई सुरुवाति अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० ले पछि परेको आर्सनलका लागि ७७ औं मिनेटमा सान्चेजले बराबरी गोल फर्काए ।
इन्जुरी समयमा आर्सनलका ओलिभर जिरउड तथा पिएसजीका मार्को भेर्राटी दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि दुवै टिम केही मिनेट १० खेलाडीमा सीमित भए।