इटालीका स्टार स्ट्राइकर मारियो बालाटोलीले इङ्लिस क्लब लिभरपुलमा अनुबन्धित हुनु आफ्नो जीवनको सबैभन्दा ठूलो भूल भएको बताएका छन्।
उनी सन् २०१४ मा आफ्नो प्रभावशाली खेलका कारण एसी मिलान छोड्दै एनफिल्ड पुगेका थिए। तर, एनफिल्डमा उनले प्रभाव जमाउन सकेनन्। गत वर्ष उनी ऋण सम्झौतामा एसी मिलान फर्र्र्किका थिए। यस वर्ष उनले प्रिमियर लिग क्लबबाट बिदा लिएर फ्रान्सको निस क्लबमा अनुबन्धित छन्।
‘लिभरपुलमा अनुबन्ध हुनु जीवनको सबैभन्दा ठूलो भूल थियो। रमाइलो दर्शक र केही खेलाडीसँग राम्रो सम्बन्ध हुँदा हुँदै पनि मलाई क्लब मन परेन्,’ उनले क्यानल प्लसलाई अन्तर्वार्ता दिने क्रममा भने। उनले लिभरपुलमा दुई प्रशिक्षक रोजगर्स र क्लोपसँग खेलेको बताउँदै भने–‘तर मलाई दुवैको खेलाउने तरिका र व्यक्तित्व मन परेन्। वास्तवमा मैले त्यहाँ सहज महसुस गरिन्।’
२६ वर्षिय बालाटोलीले फ्रेन्च लिगको सुरुवात गर्ने क्रममा आइतबार मार्सेईविरूद्ध २ गोल गरेका थिए। र उनी भविस्यमा आफ्नो लक्ष्यप्रति झन आक्रामक देखिएका छन्। उनको लक्ष्य भनेको नै विश्व वर्ष खेलाडी बन्नु हो।
‘अहिले पनि ढिलो भएको छैन बालोन डि’ओर जित्ने अभियानमा,’उनले भने–‘मेरो विचारमा मैले अहिलेसम्म जितिसक्नु पर्ने थियो। तर, अब दुई तीन वर्षको कडा मेहनतपछि जित्न सफल हुनेछु।’