दसौं एसियाली क्याडेट तथा सत्रौं एसियाली जुनियर जुडो च्याम्पियनसिपको जुनियरमा नेपालकी फुपु ल्हामु खत्रीले कास्य पदक जितेकी छिन्। उनले भारतको केरलास्थित कोचीमा आइतबार सम्पन्न खेलमा महिला ६३ केजीमुनि इरानी खेलाडीलाई सिनेवाजाका आधारमा पराजित गर्दै कास्य जितिन्।
१२ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता फुपुसंगै उज्वेकिस्तानकी खेलाडी संयुक्तरुपमा तेश्रो भए। कोरिया र काजाकिस्तानका खेलाडी क्रमशः पहिलो र दोश्रो भएका थिए। प्रतियोगितामा नेपालको यो दोश्रो पदक हो।
यसअघि क्याडेटतर्फ नेपालकी मनिता श्रेष्ठ प्रधानले महिला ५२ केजीमुनि नेपाललाई कास्य दिलाएकी थिइन्। प्रतियोगिता आइतबारै सम्पन्न भएको छ ।