शिक्षामन्त्री धनीराम पौडेलले शिक्षाको गुणस्तर वृद्धिमा मन्त्रालयले ध्यान केन्द्रित गरेको बताएका छन्।
दक्षिण चितवनको माडीका विभिन्न विद्यालयको भ्रमणका क्रममा रहेका मन्त्री पौडेलले आज यहाँ आयोजित विभिन्न विद्यालयका शिक्षक प्रतिनिधिसँगको अन्तक्र्रिया कार्यक्रममा उनले गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको बताए।
मन्त्री पौडेलले प्राविधिक शिक्षामा आफूले जोड दिएको उल्लेख गर्दै शिक्षा क्षेत्रमा नमुना काम गरेर देखाउने आफ्नो लक्ष्य रहेको बताए।
शैक्षिक क्षेत्रमा देखिएका समस्या हल गर्ने प्रक्रियामा आफू लागिपरेको बताउँदै उनले विद्यार्थीलाई व्यावहारिक ज्ञान दिन शिक्षकलाई निर्देशन पनि दिए।
मन्त्री पौडेलले यसअघि प्रेस सेन्टर नेपाल चितवनद्वारा बुझाइएको ज्ञापनपत्र बुझ्दै चितवनमा मिडिया एकेडेमी बनाउने विषयमा आफ्नो सकारात्मक सहयोग रहने प्रतिबद्धता जनाएका छन् । रासस